Home>Jokes & Humors>Tourist and Guide

Tourist and Guide !!

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ, उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ। उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ|

टुरिस्ट : यो घण्टाघर बनाउन कती समय लाग्यो?

गाईड : ५ बर्ष

टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन, हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो।

रानीपोखरी देखे पछि फेरी टुरिस्टले सोधेछ|

टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि?

गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो।

टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो।

घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन|

टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि?

गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन …

Advertisement !!



Disclaimer
Copyright © 2009-15. All rights are reserved.