Home>Jokes & Humors>Haku Kale Ko Master Plan

Haku Kale Ko Master Plan !!

'लुट' को पैसा कति दिन टिक्थ्यो र ! अन्ततः 'हाकु काले' पक्राउ पर्यो !

'सदरखोर' (जेल) मा बन्दि जीवन बिताई रहेछ ! जेल बाटै हाकु काले आफ्नी 'पुटलि' लाइ पत्र लेख्ने गर्छ ! तर त्यहाँ को जेलर एकदम नै 'शंकालु' अनि, खराब आदत को मानसिकता भएको व्यक्ति छ ! उ हरेक बन्दि कैदीको पत्र खोलेर हेर्ने गर्छ, जुन कुरो 'हाकु काले' लाइ पटक्कै मन पर्दैन !

एक दिन 'हाकु' लाइ 'पुटलि' को पत्र आयो, जसमा लेखिएको थ्यो- 'काले.. तिमी जेल परे पछी, म त्यहाँ एक्लै बस्न सकिन, रक्सीको दोकान बन्द गरेर, हाम्रो 'गाउँ' को घर मा आएर बसेकी छु ! यहाँ अत्यन्तै दुख छ ! हाम्रो करेसाबारी मा साग सब्जी लगाएर, त्यसैलाई बेच बिखन गरेर छोरो लाइ पढ़ाउला, बढाउला भन्ने सोचेर आको ! तर एकदम गाह्रो हुने रैछ ! युवा जति सबै विदेश पलायन भएका छन, बुढा-रोगि र असक्त अनि महिला मात्र गाउँ मा छन, म आफु खन जोत गर्न सक्दिन, मान्छे पाइदैन............' !

यस्तै यस्तै....................!!

यता बाट 'हाकु' ले 'पुटलि' लाइ जवाफी पत्र लेख्यो- 'मेरी पुटलि'.. ट धेरै चिन्टा नगर, मैले बैंक लुटेको केहि पैसा हाम्रो कोठेबारी, करेसाबारी मा गाडेर लुकाएर राखेको छु ! ट्यसलाई निकाल, अनि छोरो लाइ पढ़ा, आफ्नो खुशी ले खर्च गर, मेरो लागि शहर को नामी वकिल को पनि उपाय लगा ! त्यो पैसा ले टलाइ सुटि-सुटि खान पुग्छ....!!

एक हप्ता पछी फेरी 'हाकु'ले 'पुटलि' को पत्र पायो, जसमा लेखिएको थ्यो- 'मेरो काले, तिम्रो पत्र पाएँ, खुशी लाग्यो, तर तिम्रो पत्र पाउनु भन्दा एकदिन पहिला, मध्य रात मा, हाम्रो घर मा केहि पुलिस हरु आएका थिए ! तिनी हरुले हाम्रो सप्पै, कोठेबारी- करेसाबारी खनेर खोज्दै हेर्दै थिए ! सायद त्यो पैसा तिनी हरुले लागे होलान.... :(

'हाकु काले' ले निरास भए झैँ लामो स्वास छोड्यो अनि अर्को पत्र लेख्यो- 'पुटलि.. मैले जेलबाट गर्न सक्ने यट्टी नै ठियो.. अब मजाले साग सब्जी रोप, उब्जा, बेच अनि आफ्नो गुजारा चला ! म छिट्टै जेल बाट छुटेर आउने वाला छु, म संग जेल बाट उम्किने मास्तरप्लान छ......!!

नोट:- बल हैन 'जेलर' 'डिमाग' लगा 'डिमाग'......!!

'खेटी' गर्न नि मास्तरप्लान छ म सिट....'जेलर'...!! :)

Advertisement !!





Disclaimer
Copyright © 2009-15. All rights are reserved.